तीनवटै कार्यकालमा महत्वपूर्ण काम गरें तर जस लिन सकिनँ : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

तीनवटै कार्यकालमा महत्वपूर्ण काम गरें तर जस लिन सकिनँ : प्रधानमन्त्री प्रचण्ड
पुष्पकमल दाहाल ‘प्रचण्ड’/फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तीनवटै कार्यकालमा महत्वपूर्ण काम गरेको दावी गर्दै त्यसको स्वामित्व लिन नसकेको बताएका छन् । शनिबार दिउँसो माओवादी केन्द्रको बुढानिलकण्ठको नगर सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री यस्तो बताएका हुन् ।

उनले आफू प्रधानमन्त्री हुँदा रणनीतिक महत्वको काम गरे पनि विरोधीले त्यसलाई प्रचारमा ल्याउन बाधा गरेको आरोप लगाए । ‘हामीले आफूले गरेका विकास निर्माण तथा नीति निर्माणको जस लिन पाएका छैनौं,’ उनले भने, ‘विरोधीले पीठो बेचिरहेका छन्, हामी चामल बेच्न पनि सकेनौं।’

देशमा विकास र समृद्धिका जति काम भएका छन्, तीमध्ये मुख्य कामहरु आफ्नै पालामा भएको उनको दाबी छ । ‘माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जसचाहिँ अरुहरुले लिएका छन् ।’ उनले भने।।

उनले आफ्नो पहिलो कार्यकालमा गरिब किसानको एक लाखसम्मको ब्याज र तीस हजारसम्मको सावा नै मिनाहा गरेको स्मरण गराए । ‘विकासका ठूला ठूला आयोजनाहरु सञ्चालनमा आए, तर त्यसको जस लिन हामी चुकेका हौं ।’ उनले भने ।

आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य भएको भन्दै तेस्रो कार्यकालमा सिङ्गो देश उज्यालो बनाउने गरी योजना बनाएको उनले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved