सवा करोड घुस लिएका पूर्व रजिस्टार पक्राउ पुर्जी जारी भएपछि फरार

नेपालभ्युज

सवा करोड घुस लिएका पूर्व रजिस्टार पक्राउ पुर्जी जारी भएपछि फरार

काठमाडाैं। सहकारी रजिस्टारको कार्यालय पोखराका पूर्व रजिस्टार पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।

एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पूर्व रजिस्टार उदयबहादुर पराजुली फरार भएका हुन् ।

उनीमाथि पोखरा–९ नयाँ बजारस्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका घुस लिएको आरोप छ । उनी हाल कुस्मा नगरपालिकाकाका प्रमुख प्रशासकीय हुन् । दुई वर्षअघि गण्डकीका रजिस्टार रहेका थिए ।

मित्र मिलन सहकारीका अध्यक्ष रमण पौडेल र प्रबन्धक किरण अधिकारीले प्रहरीमा पराजुलीले घर लिएको बयान दिएका थिए । उनीहरुकै बयानका आधारमा पूर्व रजिस्टार पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पौडेल र अधिकारी बैंकिङ कसुरमा पक्राउ परेका थिए ।

उनीहरुमाथि सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपसमेत लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved