अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ?

अटो लोनमा चालकको रोजाई बन्दै नबिल बैंक, कसरी लिने लोन ?

काठमाडौं । विद्युतीय ट्याक्सी चलाउँदै आइरहेका चालक रमेश करिब ४० लाख ऋणमा छन् तर पनि उनको मुहारमा मलिनता छैन । बिहान सबेरै उठेर यात्रुको खोजीमा निस्कन्छन् । बेलुका ७/८ नबजेसम्म उनी काठमाडौं उपत्यका लगायतका विभिन्न रुटमा भेटिन्छन् ।

ट्याक्सी चलाउनु उनका लागि कुनै नौलो कुरा हैन। किनकि यसअघि पनि उनले ट्याक्सी नै चलाउँदै आइरहेका थिए । तर इन्धन ट्याक्सी चलाउँदा र विद्युतीय ट्याक्सी चलाउँदा आएको फरकपन भने उनको लागि नौलो कुरा हो । नौलो अनुभव हो ।

पहिला उनले पेट्रोलबाट चल्ने ट्याक्सी चलाउँथे भने अहिले उनी विद्युतीय ट्याक्सीको चालक भएका छन् । इन्धन ट्याक्सी चालक हुँदा निकै थकानुभूत महसुस हुने गरेको भन्दै अहिले जति काम गरे पनि थकान महसुस नहुने उनी बताउँछन् ।

सुरुवाती चरणमा उनले कार्गो अफिसमा १० हजारको जागिर खान्थे। उनकी श्रीमती सामान्य पसल राखेर चटपट व्यापार गर्थिन् त्यसबाट सानाेतिनाे बचत गर्दै हिमालयन बैंकबाट उनले पहिलो लोनमा पेट्रोल ट्याक्सी किनेको चालक भुजेल बताउँछन् । बडो मेहनतले जोरजाम गरेर राखेको पैसाले ट्याक्सी किने पनि त्यसबाट उनीहरूको जीवनस्तर उकासिन सकेन । ‘दिनभरि काम गरेर कमाएको पैसा आधा ट्याक्सीमा पेट्रोल हालेर सकिन्थ्यो, उता बैंकको लोन पनि तिर्नुपथ्र्यो ।’ उनी भन्छन् ।

बैंकको ऋण चुकाउन र घर खर्च निकाल्नका लागि नै भएपनि जेनतेन इन्धन ट्याक्सी चलाउँदै आएका भुजेलले एकदिन साथीमार्फत नबिल बैंकको अटो लोन सम्बन्धि जानकारी पाए । त्यसलगत्तै उनी नबिल बैंकको सम्पर्कमा पुगे । उनी भन्छन्, ‘मैले नबिल बैंकको अटो लोनको बारमा थाहा पाउने बित्तिकै बैंक गए लोनको प्रोसस पनि सजिलो नै थियो । सबै कुरा मिलेपछि मलाई पाँच दिनमा उहाँहरुले लोन पास गरिदिनुभयो ।’

आफूले २० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी ८० प्रतिशत बैंकको लोनबाट विद्युतीय ट्याक्सी खरिद गरेको उनी बताउँछन् । अहिले उनी दिनको करिब ५/७ हजार कमाउँछन् । ट्याक्सीमा तेल हाल्नु पर्दैन । उनले कमाएको पैसा राम्रोसंग बच्छ । अहिले उनको परिवारिक स्थिति पनि निकै सुध्रिएको छ । आफूले बैंकको किस्ता तिरेर पनि मनग्य आम्दानी गरिरहेको चालक भुजेल बताउँछन् ।

‘लोन त लागिहाल्छ नि, काम गर्नुपर्यो मजाले तिर्न सकिन्छ,’ उनी भन्छन्, ‘गाडीमा तेल हाल्नु पर्दैन कमाएको सबै पैसा बच्छ त्यसैले महिनाको किस्ता तिर्न समस्या हुँदैन ।’ सडकमा पनि नयाँ विद्युतीय ट्याक्सी भएकाले यात्रुको आकर्षण हुने उनको भनाई छ ।

यसमा नबिल बैंकबाट अटो लोन लिएर दुई वटासम्म विद्युतीय ट्याक्सी निकाली सकेका व्यवसायी अविरल श्रेष्ठको पनि सहमत छ । उनी भन्छन् ‘कोभिडको समयमा सबैतिर क्राइसिस थियो, हामीलाई कुनै बैंकले पनि पत्याएनन् । त्यस्तो अप्ठ्यारो परेको बेला मलाई नबिल बैंकले सवारी साधन खरिदका लागि लोन पास गरिदियो ।’

उनी अहिले नबिल बैंकको अटो लोन सम्बन्धी अरूलाई पनि जानकारी दिने गर्छन् । उनीमार्फत उनका धेरै साथीहरूले नबिल बैंकबाट अटो लोन लिएर लगभग दुईसय भन्दा बढी विद्युतीय ट्याक्सी खरिद गरिसकेको उनी बताउँछन् । अहिले बालकुमारीमा उनको आफ्नै गाडी शोरुम पनि छ । नबिल बैंकसंगको कारोबार आफ्नो लागि निकै सहज रहेको उनको भनाई छ ।

अटो लोनका लागि नबिल बैंक नै किन ? 

पछिल्लो समय नबिल बैंक अटो लोन अर्थात् सवारी साधन कर्जाका लागि चालक तथा व्यवसायीको पहिलो रोजाइमा पर्दै आइरहेको छ । सर्वसाधारणहरूलाई बिना झन्झट थोरै समयमा नै बैंकले सवारी साधन कर्जा उपलब्ध गराउने भएकाले अटो लोनका लागि नबिल बैंक पहिलो रोजाई बन्दै आइरहेको हो ।

बैंकले सवारी साधनमा विगत लामो समयदेखि कर्जा लगानी गरिरहेको छ । बैंकले अटो लोन सम्बन्धी जानकारी लिन चाहने ग्राहक तथा सर्वसाधारणहरूको लागि पुल्चोक शाखामा डेडिकेडेट हब बनाएर एउटा युनिट नै छुट्टाएको छ ।

जहाँबाट सर्वसाधारण तथा ग्राहकहरूले बिना झन्झट कम समयमै अटो लोन सम्बन्धी भरपुर जानकारी प्राप्त गर्न सक्नेछन् । यसबाट इच्छुकहरूको समय बच्ने र छोटो समयमा नै सजिलोसँग जानकारी दिन सकिने बैंकको विश्वास रहेको छ । साथै, बैंकले सवारी साधन कर्जा लिनेहरुका लागि सुरुवाती चरणबाट नै काउन्सिलिङको व्यवस्था पनि गर्दै आइरहेको छ ।

नबिल बैंकले हाल विभिन्न प्रकारका सवारी साधनमा कर्जा लगानी गरिरहेको छ । जसमा पेट्रोलबाट चल्ने ट्याक्सीलाई विद्युतीय ट्याक्सीमा रूपान्तरण गर्नमा बैंकले प्राथमिकताका साथ लगानी गरिरहेको छ । यस बाहेक पनि बस, ट्रक, सेतो माइक्रो लगायतका विभिन्न व्यक्तिगत तथा सार्वजनिक सवारीका लागि पनि नबिल बैंकबाट सवारी साधन कर्जा लिन सकिन्छ ।

बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्रालयले २०७५ सालमा पुराना सवारी साधनसम्बन्धी पुनः नयाँ ऐन जारी गरेर २० वर्ष नाघेका सवारी साधनहरूलाई विस्थापित गर्ने वा पत्रु गरिने व्यवस्था गरेको थियो । जसको कारण हदम्याद नाघेका सवारीलाई विद्युतीय सवारीमा रूपान्तरण गरेर सञ्चालन गर्नका लागि नबिल बैंकले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।

कसरी लिने नबिलको अटो लोन ?

नबिल बैंकबाट अटो लोन लिन चाहने ग्राहकहरुले आफूले खरिद गर्न चाहेको सवारी साधन सञ्चालनमा आफ्नो अनुभवसहितको पत्र पेश गर्नुपर्नेछ । त्यस्तै, रुटको सवारी खरिदका लागि पनि सवारी चालकको अनुमति पत्र र अनुभव पत्र पेस गर्नुपर्ने बैंकले जनाएको छ । बाँकी स्टक सम्पत्ति धितो राख्नु नपर्ने त्यसमा ग्राहकले खरिद गर्ने सवारीलाई नै आधार मानेर बैंकले लोन पास गरिदिने बैंकले जनाएको छ ।

विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकहरुले २० प्रतिशत डाउनपेमेन्ट भने दिनुपर्ने छ । जसमा बैंकले ८० प्रतिशत सवारी कर्जा उपलब्ध गराउनेछ । जसको समयावधि ५ वर्षे हुने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved