यामाहाको अभियान : रियल राइड, रियल स्टोरिज

नेपालभ्युज

यामाहाको अभियान : रियल राइड, रियल स्टोरिज

काठमाडौं । चलेको ट्रेन्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा भने केही फरक दिशामा अगाडि बढेको छ ।

एआईमार्फत उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने #KeepingItReal अभियानमार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरूका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ ।

सामाजिक सञ्जालहरूमा एआई९जेनरेट गरिएका तस्बिरहरूको बाढी आएको समयमा यामाहा भने बाइकरहरूको वास्तविक भावनासँग एकाकार हुनका निम्ति अलग्गै उभिएको छ । बाइकिङको भावनाले डिजिटल ट्रेन्ड र कृत्रिम सौन्दर्यलाई पराजित गर्छ भन्ने विश्वासको प्रमाण हो यामाहाको #KeepingItReal अभियान ।

बनावटी भिजुअलहरूको लोभमा नपरी राइडरहरूलाई उनीहरूको वास्तविक र फिल्टर नगरिएका बाइकिङ अनुभवहरू बाँड्न यामाहाले प्रोत्साहन गरेको छ। यामाहा केवल एक ब्रान्ड नभई बाइक राइडिंगप्रतिको साझा प्रेमद्वारा सिर्जित विश्व समुदाय भएको जनाइएको छ ।

यामाहाद्गवारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राइडर र मेसिनबीचको सम्बन्ध, खुला सडकप्रतिको उत्साह र साथी बाइकरहरूबीचको सद्भाव नै यामाहाको खास आत्मा हो। #KeepingItReal यहि भावनाको सम्मानका खातिर गरिएको एक आव्हान हो भने उत्साहीहरूलाई यामाहासँगको सवारी अनुभव परिभाषित गर्ने प्रमाण प्रदर्शन गर्न आग्रह पनि हो ।’

एआई उत्पन्न भिजुअलहरूबाट अघाइसकेको डिजिटल परिदृश्यमा यामाहाको #KeepingItReal अभियान बाइकिङको प्रामाणिक भावनाको सम्मानका लागि स्फूर्तिका साथ उभिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो चलेका ट्रेन्डहरूलाई अस्वीकार गर्न र राइडिंगको वास्तविक अनि फिल्टर नगरिएको सुन्दरतालाई अँगाल्न विश्वभरका सवारहरुलाई गरिएको आव्हान हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved