दोस्रो ठूलो विद्युत सबस्टेशन आजदेखि चालु हुने

प्रधानमन्त्री दाहालले उद्घाटन गर्दै

नेपालभ्युज

दोस्रो ठूलो विद्युत सबस्टेशन आजदेखि चालु हुने

काठमाडौं । सुनसरीको भोक्राहामा निर्माण गरिएको ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको आज उद्घाटन हुदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले विहान १० बजे सबस्टेशनको उद्घाटन गर्ने छन् ।

विद्युत स्टेशन उद्घाटनका लागि प्रधानमन्त्री दाहाल, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हिजै त्यता पुगेका छन् । यो सबस्टेसन धनुषाको ढल्केबरपछिको देशकै दोस्रो ठूलो विद्युत् सबस्टेसन हो ।

यो सबस्टेशन चालु भएपछि मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगहरुलाई दिइने विद्युत आपूर्ति सहज हुने कार्यकारी निर्देशक घिसिङले बताए ।

सबस्टेशन संचालनमा आएपछि विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढ हुने विश्वास गरिएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved