माइतीघरमा निषेधाज्ञा तोड्न खोज्ने अधिकारकर्मी पक्राउ (तस्वीरहरू)

जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ गते सो क्षेत्रलाई पुस ४ गतेसम्मको लागि निषेधित क्षेत्र लागू गरेको थियो।

माइतीघरमा निषेधाज्ञा तोड्न खोज्ने अधिकारकर्मी पक्राउ (तस्वीरहरू)

काठमाडौं। काठमाडौको माइतीघरलगायतका क्षेत्रमा जारी निषेधाज्ञा तोड्ने क्रममा मानवअधिकारकर्मीहरु पक्राउ परेका छन्।

मानवअधिकार तथा शान्ति समाजले आज एनसेल बिक्री घोटालालगायत अन्य भ्रष्टाचारको विरोध गर्दै निषेधित क्षेत्र माइतीघरमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरीले समाजका संस्थापक सभापति कृषि पहाडी, केन्द्रीय सभापति रामकृष्ण बराल, पूर्व सभापति उत्तम पुडासैनीलगायत डेढ दर्जनभन्दा बढीलाई पक्राउ गरेको छ।

गत मंसिर ७ गते माइतीघरमा गर्ने भनिएको दुर्गा प्रसाईं र एमाले निकट युवा संघको कार्यक्रममा झडप हुने आशंकासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंसिर ४ गते सो क्षेत्रलाई पुस ४ गतेसम्मको लागि निषेधित क्षेत्र लागू गरेको थियो।

निषेधित क्षेत्रको समय सकिने अन्तिम दिन पुस ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सुचना जारी गर्दै माइतीघर लगायतका क्षेत्रलाई बढिमा फागुन ४ गते सम्मलाई निषेधित क्षेत्र कायम नै राखेको छ।

यसरी कायम रहेको निषेधित क्षेत्रमा प्रदर्शनमा उत्रिएकाले अधिकारकर्मीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ। पक्राउ परेका अधिकारकर्मीहरुलाई प्रहरीले नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved