मिनेन्द्रको प्रश्न- सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रधानमन्त्री हुँदा पनि किन टुंगिएन शान्ति प्रक्रियाका बाँकी काम

नेपालभ्युज

मिनेन्द्रको प्रश्न- सशस्त्र द्वन्द्वको नेतृत्वकर्ता प्रधानमन्त्री हुँदा पनि किन टुंगिएन शान्ति प्रक्रियाका बाँकी काम

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताएका छन् । बुधवार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक पदार्थका पीडितहरुको न्याय तथा माइन एक्शनमा समावेशिताको सवाल विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएका  हुन् ।

उनले विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको १७ वर्ष पुगिसक्दा पनि ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता प्रधानमन्त्री भइसक्दा किन टुंगिन नसकेको भन्दै प्रश्न गरे । उनले सशस्त्र बिद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भएपनि पन्छिने ठाउँ रहेको तर नेतृत्व नै गरिसिक्दा पनि किन टुंग्याउन नसकेको भन्नेकुरा रहस्यपूर्ण रहेको बताए । उनले राजनीतिका फाइदा र बेफाइदाका बीचमा शान्ति प्रक्रियाका कामहरु बाँकी रहेको बताए ।

‘विस्तृत शान्ति सम्झौता हस्ताक्षर गरेको आज १७ वर्ष पुगिसक्दाखेरी ३ पटक सशस्त्र द्वन्द्वको नेतृत्व गर्ने नेता, प्रधानमन्त्री भइसक्नुभयो । अहिले पनि प्रधानमन्त्री हुनुहुन्छ । दोष कता लगाउने ?’ उनले भने, ‘दोष सशस्त्र विद्रोहको नेतृत्व गरेको शक्ति सत्ताको छेउछाउमा मात्रै पुगेको भए, सत्तामा पनि यति मज्जाले बस्न सक्ने अवस्था नबनेको भए बाँकी हिजोका तथाकथित जुन पक्षलाई परास्त गर्न द्वन्द्व भयो तिनलाई दोष लगाएर उम्किन पाउने ठाउँ हुन्थ्यो होला ।’

नेता रिजालले प्रधानमन्त्री दाहाल शान्ति प्रक्रिया टुंग्याउनुपर्छ भन्ने भन्दा सत्तामा धेरै केन्द्रित हुने भने संक्रमणकालीन न्याय टुंगिन कठिन रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved