विकासको काममा सरकारले नै अवरोध गरिरहेको गगन थापाको आरोप

लेखा समितिका सभापतिले प्रधानमन्त्रीलाई लगाएको आरोपप्रति आपत्ति

नेपालभ्युज

विकासको काममा सरकारले नै अवरोध गरिरहेको गगन थापाको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगन थापाले विकास निर्माणको काममा सरकारले नै अवरोध गरिरहेको आरोप लगाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा फास्ट ट्रयाकबारे बोल्दै उनले सुरुङ निर्माणका लागि बिस्फोटक पदार्थको कुरा राजनीतिक तवरबाट नटुंगिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर नहुने पनि बताएका छन् ।

उनले खोकनाको विवाद टुंग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने पनि बताए । अहिलेकै गतिमा काम भए २०८३ सम्म उक्त योजना सम्पन्न नहुने उनको भनाइ थियो ।

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले दिएको अभिव्यक्तिलाई सामान्य रुपमा लिन नहुने पनि बताए । सभापति पोखरेलले लेखा समितिलाई छलेर प्रधानमन्त्री प्रचण्डले एनसेलमा भएको भ्रष्टाचार ढाकछोप गर्न राज्य व्यवस्था समितिको सहारा लिएको आरोप लगाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved