एकीकृत समाजवादीका सबै जिल्ला अधिवेशन स्थगित

नेपालभ्युज

एकीकृत समाजवादीका सबै जिल्ला अधिवेशन स्थगित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले मिति तोकिसकेका जिल्लामा पनि अधिवेशन स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा शुरु भएको बैठकले यस्तो निर्णय गरेको हो । कतिपय जिल्लाले अधिवेशन गर्ने तयारी गरिरहेका छन्, कतिले मिति तोकिसकेका थिए ।

महाधिवेशनलाई केन्द्रीत गरेर विधान संशोधनको प्रक्रियामा रहेको भन्दै केन्द्रीय परिषद्को बैठक माघ १४ र १५ गतेका लागि बोलाइएको छ । त्यसपछि मात्रै तिथि तोक्ने गरी सबै अधिवेशन स्थगित गरिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

उनले महाधिवेनमा कसरी नेतृत्व चयन गर्ने भन्ने बारेमा पनि छलफल भएको बताए । केन्द्रीय कमिटीको संख्या कस्तो बनाउने ? महाधिवेशन निर्वाचनको विधि कसरी गर्ने ? भन्ने बारेमा छलफल भइरहेको श्रेष्ठले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved