बालेनलाई प्रचण्डको प्रतिप्रश्न- म जत्तिको रचनात्मक प्रधानमन्त्री अरु कोही देख्नुभएको छ ?

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच सवाल–जवाफ भएको हो ।

नेपालभ्युज

बालेनलाई प्रचण्डको प्रतिप्रश्न- म जत्तिको रचनात्मक  प्रधानमन्त्री अरु कोही देख्नुभएको छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच मञ्चबाटै सवाल–जवाफ भएको छ ।

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड र मेयर बालेनबीच सवाल–जवाफ भएको हो ।

कार्यक्रममा बोल्दै काठमाडौंका मेयर साहले विकास निर्माणसँगै फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको गुनासो गरे । त्यसको जवाफमा प्रधानमन्त्री प्रचण्डले काठमाडौंको विकासमा आफूले व्यपाक प्रयास गरेको दाबी गरे । उनले आफूले अत्यन्तै रचनात्मक ढंगमा काम गरिरहेको पनि दाबी गरे ।

प्रचण्डले भने– बालेन्द्र जी तपाईंले चाहे त्यो वागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् वा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो, के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ ?’

कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले स्थानीय तहको कामबाट आफू सन्तुट रहेको पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved