राष्ट्रिय सभा निर्वाचन : दलहरूले पाए चुनाव चिन्ह

नेपालभ्युज

राष्ट्रिय सभा निर्वाचन : दलहरूले पाए चुनाव चिन्ह

काठमाडौं । राष्ट्रिय सभामा भाग लिन दर्ता भएका राजनीतिक दलले चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले दर्ता भएको १२ राजनीतिक दललाई चुनाव चिन्ह प्रदान गरेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार बसेको बैठकले चुनाव चिन्ह प्रदान गरेको जानकारी दिए ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टीले चुनाव चिन्ह प्राप्त गरेका हुन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरिएको हो ।

आगामी माघ ११ गते राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved