आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा श्रृजनानगर चोकमा स्थानान्तरण

नेपालभ्युज

आईएमई लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा श्रृजनानगर चोकमा स्थानान्तरण

काठमाडाैं । आईएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका-१स्थित सल्लाघारी सपिङ्ग कम्प्लेक्समा रहेको भक्तपुर शाखा श्रृजनानगर चोकमा स्थानान्तरण गरिएको छ । उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार सम्पन्न भएको हो ।

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुंयालले शाखा कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको उपस्थिति रहेको थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताहरूले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुंयालले बताए। कार्यक्रममा ५० भन्दा बढीको उपस्थिति रहेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved