कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

नेपालभ्युज

कांग्रेसको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले आज आफ्नो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

बैठक दिउँसो सवा १२ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । महासमिति बैठक सार्ने मुडमा पुगेका सभापति शेरवहादुर देउवाले सो प्रस्ताव बैठकमा लैजाने तयारी गरेका छन् ।

यसअघि कांग्रेसले आगामी पुस १६ गतेका लागि महासमिति बैठकको मिति सार्वजनिक गरेको थियो । राष्ट्रिय सभाको निर्वाचनलाई देखाएर नेतृत्वले बैठक केहि पर सार्नु पर्ने बताउदै आएको छ ।

आजको बैठकबाट नयाँ मिति तोकिने एक नेताको भनाई छ । त्यस्तै, बैठकमा जाजरकोट भूकम्प र समसामयिक अन्य राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved