काठमाडौंमा सुर्तीजन्य पदार्थ सेवन गर्दा कारबाहीमा परिएला

नेपालभ्युज

काठमाडौंमा सुर्तीजन्य पदार्थ सेवन गर्दा कारबाहीमा परिएला

काठमाडौं । काठमाडौं महानगरपालिकामा झुक्किएर पनि सुर्तीजन्य पदार्थ सेवन नगर्नु होला । गुट्खा, खैनी, चपाउने बानी छ भने अब त्यो पनि छोड्नु पर्ने भएको छ । खैनी, गुट्खाजस्ता सुर्तीजन्य पदार्थ खल्तीमा छ भने पनि ननिकाल्नु होला ।

महानगरपालिकाले आजदेखि खैनी र सुर्तीजन्य पदार्थ खान र यसको बिक्रीमा पूर्ण निषेध गराएको छ । कसैले बिक्रि गरिहेको र सेवन गरिरहेको भेटिए अनुगमनमा रहेका महानगरका कर्मचारीले समात्ने छन् ।

कसैले सुर्ती तथा खैनी बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही हुनेछ । अनुगमनका लागि महानगरले पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोसाकका प्रहरी परिचालन गरेको छ ।

सार्वजनिक ठाउँमा चुरोट खाएको भेटिए सय रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने छ । सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइकासाथ लागू गरिने महानगरपालिकाले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved