इसीआई एनोभेटिभ मार्केटर अफ दि इयर-२०२३बाट शाक्य सम्मानित

नेपालभ्युज

इसीआई एनोभेटिभ मार्केटर अफ दि इयर-२०२३बाट शाक्य सम्मानित

काठमाडौं । उजय शाक्य प्रतिष्ठित इसीआई इनोभेटिभ अफ मार्केटर दि इयर २०२३बाट सम्मानित भएका छन् । उनलाई यो अवार्ड ७ डिसेम्बर, २०२३ मा इसीआई फेस्टिभलले आयोजना गरेको गाला इभेन्टमा प्रदान गरिएको थियो ।

चीनको ‘वीजी’ मा सम्पन्न उक्त कार्यक्रममा दक्षिण एसियाको एक अभियन्ताको रूपमा आफ्नो परिचय बनाइसकेका उनलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणको लागि उनले दिएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।

उनले इसीआई फेष्टिभलमा आफ्नो धारणा राख्दै डेटाद्वारा संचालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारे । कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा, डेटाद्वारा संचालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मूल्य मान्यताहरूमा रहेको छ ।

शाक्यलाई प्रदान गरिएको ‘इसीआई इनोभेटिभ अफ मार्केटर द एयर २०२३’ सम्मानले विज्ञापन र बजारीकरणको परिदृश्य सकारात्मक परिवर्तन ल्याउने एक अभियन्ताको रूपमा उनकाे स्थान कायम गरिदिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved