‘मेसेन्जर’मा झुक्किएर गलत शब्द पठाउनुभयो ? अब यसरी ‘एडिट’ गर्नुस्

यो फिचर प्रयोग गरेर कसैलाई पठाइसकेको मेसेजपछि फेरि सच्याउन वा थपघट गर्न मिल्ने छ। आफूले मेसेज पठाएर फेरि हेर्दा कुनै शब्दमा गल्ती देखिएमा सच्चाउन मिल्ने छ ।

नेपालभ्युज

‘मेसेन्जर’मा झुक्किएर गलत शब्द पठाउनुभयो ? अब यसरी ‘एडिट’ गर्नुस्

काठमाडौं । सोसल मिडियामध्ये चर्चित ‘मेसेन्जर’ एप्सले पठाइसकेको मेसेज एडिट गर्ने फिचर ल्याएको छ । यो फिचर प्रयोग गरेर कसैलाई पठाइसकेको मेसेजपछि फेरि सच्याउन वा थपघट गर्न मिल्ने छ ।

आफूले मेसेज पठाएर फेरि हेर्दा कुनै शब्दमा गल्ती देखिएमा सच्चाउन मिल्ने छ ।

यो फिचरले कुनै शब्द गल्ती टाइप भएर सेन्ड भएमा तल फेरि दोहोर्‍याएर लेख्नुपर्ने र पठाइसकेको मेसेज मेटेर फेरि पठाउनुपर्ने झन्झट हटाएको छ ।

तर, यो सुविधा भने पठाइसकेको १५ मिनेटसम्मका लागि मात्रै हो । १५ मिनेट अवधिभित्र पठाइएका सन्देशहरू परिवर्तन गर्न चाहेमा मात्र एडिट हुनेछ ।

यो सुविधा लिनको लागि आफूले पठाएको मेसेजमा थिचेर ‘मोर’ अप्सनमा गएर एडिट गर्न सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved