संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यमा दराजको सहकार्य

नेपालभ्युज

संयुक्त राष्ट्र संघको दिगो विकासका लक्ष्यमा दराजको सहकार्य

काठमाडौं । दराजले संयुक्त राष्ट्र संघको यस वर्षको दिगो विकासका लक्ष्यहरूमा महत्त्वपूर्ण योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ । रणनीतिक रूपमा युवा तथा महिलाहरूलाई उत्प्रेरित गर्दै उद्यमीहरूलाई अनबोर्डिङ गरेर, थप समावेशी र दिगो भविष्य निर्माण प्रति कदम चालेको दराजले, महिलाहरूलाई सीप प्रदान गर्ने उद्देश्यले मेन्टरशिप कार्यक्रमहरू पनि संचालनमा ल्याएको छ ।

यस्ता कार्यक्रमहरूले महिलाहरूलाई उनीहरूको करियरमा आवश्यक व्यक्तिगत र व्यावसायिक सीपहरू प्रदान गर्ने दराजको विश्वास छ । दराजले ‘लाइफ प्रोजेक्ट फोर यूथ’ तथा ‘उद्देश्य गर्ल : ईन स्टिम’ जस्ता संस्थासँगको सहकार्यमा विभिन्न मेन्टरशिप कार्यक्रमहरू सार्वजनिक गर्दैस् प्राविधिक ज्ञान, रोजगारी, र उद्यमशीलता जस्ता कुराहरू प्रवर्द्धन गर्ने गरेको छ ।

यसको साथै समावेशी उद्योग विकाश गर्ने उद्देश्यले दराज सधैं सम्पूर्ण राष्ट्रका महिला उद्यमीहरूलाई प्रोत्साहन गर्दै लैङ्गिक समानता, सम्मानित काम र आर्थिक वृद्धिका कामहरू गर्ने गरेको छ । महिला उद्यमी महासंघसँगको सहकार्यमा दराजले महिला उद्यमीहरूलाई ई–कमर्स प्लेटफर्मको पहुँच तथा यसको प्रयोगको लागि आवश्यक तालिमहरु प्रदान गर्ने गरेको छ ।

दराजको यो सानो प्रयासले हजारौँ महिला डिजिटल प्लेटफर्मको पहुँच प्राप्त गर्न सफल भएका छन् । नेपाल सरकारको चासो तथा दिगो विकाशको केन्द्रबिन्दु भनिने कार्बन उत्सर्जनको न्यूनीकरणमा सहयोग गर्न, दराजले ‘डोको रिसाईक्लर्स’संग सहकार्य गरेर प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकहरू देशका १७ स्टेसनहरूबाट संकलन गरी रिसाइकल गरेर पाइपहरू बनाइने गरेको छ ।

यो बाहेक दराजले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई पनि प्राथमिकतामा राखेको छ । जस अन्तर्गत २ वटा ट्रक र ७५ वटा बाइक गरी कुल ७७ वटा विद्युतीय सवारी साधनहरूलाई दराजका डेलिभरीमा प्रयोग गरिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत दराजले युनिसेफसँग सहकार्यमा बंलामुखी क्षेत्रमा पार्कको पुन निर्माणमा सहयोग गर्दै बच्चा तथा वृद्धहरूलाई सुरक्षित र खुल्ला ठाउँ निर्माण पनि गरेको छ । दिगो पर्यावरणको विकाशमा दराज प्रतिबद्ध रहेर हरियो सहरको अवधारणमा निरन्तर काम गर्दैछ ।

दराजले समाजलाई केही प्रदान गर्ने उद्देश्यले आफ्नो कार्यक्षेत्रमा सेवाको भावनाको विकाश गरेर आफ्ना कर्मचारीहरूलाई सक्रिय रूपमा सामाजिक तथा पर्यावरणीय कार्यहरूमा संलग्न हुन प्रोत्साहन गर्ने गरेको छ ।

पदयात्राको आयोजना गरेर सरसफई गर्ने, चाडपर्वहरू बालबालिका सँग मनाउने, तिहार पशु कल्याणकारी संस्थाहरूमा मनाउने, साथै महिनावारी स्वच्छता, बृक्षरोपण जस्ता परोपकारी कार्यहरूमा दराजकर्मी संलग्न हुने गरेका छन् । दराज व्यापार, व्यवसाय, र उद्यमशीलतामा मात्र नभएर समाजसेवा, परोपकारी तथा कल्याणकारी कार्यमा पनि सक्रिय रूपमा लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved