जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु

नेपालभ्युज

जनकपुरमा आजदेखि विवाह पञ्चमी महोत्सव सुरु

काठमाडौं । जनकपुरमा आजदेखि साताव्यापी सीताराम विवाह पञ्चमी महोत्सव सुरू हुँदै छ । सबैभन्दा ठूला उत्सवहरूमध्ये एक मानिएको विवाह पञ्चमी हरेक वर्ष आयोजना हुदै आएको छ ।

त्रेतायुगमा भगवान राम र सीताको विवाह मंसिर शुक्ल पञ्चमीका दिन भएको सम्झनामा जनकपुरधाममा महोत्सव हुन लागेको हो । महोत्सवको पहिलो दिन आज ‘नगर दर्शन’ कार्यक्रम हुने छ ।

भगवान् राम पहिलो पटक तत्कालीन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’कार्यक्रम गरिन्छ । ‘नगर दर्शन’ कार्यक्रम आज साँझ जानकी मन्दिर परिसरमा आयोजना गरिएको छ ।

दोस्रो दिन फूलबारी लीला (विवाह मण्डपको फूलबारीमा), तेस्रो दिन धनुषयज्ञ (रंगभूमि मैदानमा), चौथो दिन तिलकोत्सव (राम मन्दिर परिसरमा) र पाँचौँ दिन मटकोर (गंगासागर पोखरी घाटमा)मा गरिनेछ । छैटौँ दिन अर्थात् पुस १ गते सीताराम स्वयंवर तथा शुभ विवाह र सातौँ दिन (राम कलेवा) कार्यक्रम तय गरिएको छ ।

विवाह पञ्चमीमा भगवान् रामको जन्मभूमि अयोध्याबाट प्रत्येक ५ वर्षमा जन्ती आउने चलन छ । महोत्सवमा सबैभन्दा ठूलो आकर्षण नै भारतको अयोध्याबाट आउने जन्ती हुन्छ । औपचारिक रूपमा यस वर्ष जन्ती आउने छैन ।

तर अयोध्याका केहि साधु सन्त आउने जानकी मन्दिरका सहायक महन्त रामरोषण दास वैष्णवुले जानकारी दिए ।
यसैबीच,
विवाह पञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा ‘मदिरा बिक्री वितरण तथा पशुपंक्षी काट्न, माछा÷मासु बिक्री वितरण गर्न निषेध गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved