किंग्स् कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

नेपालभ्युज

किंग्स् कलेजले कम्प्युटर साइन्समा शैक्षिक अध्यापन सुरु गर्ने

काठमाडौं । उद्यमशीलता शिक्षा प्रदान गर्दैआइरहेको किंग्स् कलेजले स्वदेशमा प्रविधिको विकासमा योगदान पुर्‍याउने उद्देश्यका साथ ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्स शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याउने बताएको छ ।

अमेरिकास्थित वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धमा संचालन हुने यस चार बर्से शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा भइरहेको द्रुत विकासलाई आत्मसाथ गरी सोबाट लाभ लिन पछिल्लो पीढीलाई सबल बनाउने उद्देश्य राखेको छ ।

यस विषयमा हासिल गरिने डिग्री केबल औपचारिक शिक्षा मात्र नभई नवप्रवर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका क्षेत्रमा सफलता हासिल गर्ने औजार समेत भएको कलेजले जनाएको छ ।

उसो त यस कार्यक्रममार्फत कम्प्युटरसम्बन्धी सैद्धान्तिक ज्ञान मात्र नदिएर वास्तविक विश्वपरिस्थितीमा सूचना प्रविधिको क्षेत्रमा देखा परेका समस्या समाधान गर्न समक्ष बनाउने कलेजले विश्वास लिएको छ ।

शिक्षाले मानिसलाई वर्तमान समस्याको समाधान गर्न र समयअनुसार विभिन्न परिस्थितिको सामना गर्न सक्षम गराउनुका साथसाथै समय सान्दर्भिक सीप तथा सामर्थ्यको विकासमा सघाउने सोच राख्दै कलेजले पछिल्लो समय सूचना प्रविधिको अध्ययन–अध्यापनलाई प्राथमिकता दिएको ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए ।

उनका अनुसार व्यक्ति तथा संस्थाहरूको विशिष्टकृत आवश्यकता परिपूर्ति गर्नको लागि ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्स कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययन अनुसन्धान गरिरहेका व्यक्तित्वहरूले यस विषयको अध्यापन गराउने बताइएको छ ।

“कम्प्युटर प्रविधिको क्षेत्रमा ज्ञान र सिपको नवीन लहरको सृजना गर्न अगाडी बढिरहँदा हामी निकै उत्साहित छौँ,” पाण्डेले बताए ।

आउँदो शैक्षिक सत्र देखी ब्याचलर्स् अफ साइन्स इन कम्प्युटर साइन्समा कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले बताएको छ । भने प्रविधिको क्षेत्रमा रुचि राख्ने विद्यार्थी, ब्यवासयी एवं कम्प्युटर वैज्ञानिकहरूले यस कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

कलेजले भविष्यमा कम्प्युटर साइन्सको स्नातकोत्तर कक्षा पनि संचालन गर्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved