विराटनगरका एक युवामाथि भारतको जोगवनीमा गोली प्रहार

नेपालभ्युज

विराटनगरका एक युवामाथि भारतको जोगवनीमा गोली प्रहार
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । विराटनगरका एक युवकलाई भारतको जोगबनीमा गोली प्रहार भएको छ । विराटनगर महानगरपालिका मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जोगबनीमा आइतबार साँझ गोली प्रहार भएको हो ।

गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको बताइएको छ । भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved