ओलीले मागे प्रधानमन्त्रीको राजीनामा, देशको इज्जत समाप्त पारेको आरोप

नेपालभ्युज

ओलीले मागे प्रधानमन्त्रीको राजीनामा, देशको इज्जत समाप्त पारेको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाएका छन् ।

बिहीबार मेची—महाकाली अभियानअन्तर्गत वागलुङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई लज्जाबोध नभएको बताए ।

अहिलेको सरकारको इमान भए राजीनामा दिएर निस्किनुपर्ने उनको भनाइ थियो । उनले अहिलेको सरकारले मुलुकको स्वाधीनता कमजोर बनाएको र विकासका कामहरु ठप्प पारेको अरोप पनि लगाए ।

‘यो लज्जाबोध नभएको सरकार हो । यसले राष्ट्रघाती काम गर्छ । यसले देशको इज्जत समाप्त पार्छ’, उनी भन्छन्, ‘यसले स्वाधीनता कमजोर पार्छ । स्वतन्त्रताको प्रयोग गर्न सक्दैन । राष्ट्रिय हितको रक्षा गर्न सक्दैन ।’

अध्यक्ष ओलीले अहिलेको सरकारले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने परिस्थिति निर्माण गरेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved