अपडेट : विराटनगर आगलागीका अर्का एक घाइतेको मृत्यु

नेपालभ्युज

अपडेट : विराटनगर आगलागीका अर्का एक घाइतेको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं । विराटनगरको कवाडी गोदाममा आगलागी भएर मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

चारजना घाइतेमध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार विराटनगर महानगरपालिका–७ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।

आगलागीमा परेर पाँचजना घाइते भएका थिए । घाइतेमध्ये एक जनाको उपचारका क्रममा यसअघि नै मृत्यु भइसकेको थियो ।

बाँकी घाइतेहरुको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved