माओवादी प्रवक्ता भन्छन्- एनसेल प्रकरणमा एक्सन लिन सत्तागठबन्धन एकमत छ

नेपालभ्युज

माओवादी प्रवक्ता भन्छन्- एनसेल प्रकरणमा एक्सन लिन सत्तागठबन्धन एकमत छ

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी मोआवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएकाले गठबन्धन दल र सरकारले अध्ययन र छानबिन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने बताएका छन् ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानबिन समिति गठन गर्ने निर्णय गरेको पनि बताए ।

‘एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानबिन गरेर कडाइका साथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन’, उनले भने ।

उनले नामै नलिइकन दुर्गा प्रसाईंको आन्दोलनलाई लक्ष्य गर्दै भने, ‘हाल सडकमा देखिएको गतिविधि अराजक हो । यसलाई नियन्त्रण गर्न राजनीतिक दलहरू सचेत रहनु पर्दछ ।’

कुनै हालतमा पनि राजतन्त्र फर्कन नसक्ने उनको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved