रविको भाषामा तोसिमाको स्टाटस, भन्छिन्- के रे के रे ? फुट्ने रे ? कल्पनै नगर्नुस्

नेपालभ्युज

रविको भाषामा तोसिमाको स्टाटस, भन्छिन्- के रे के रे ? फुट्ने रे ? कल्पनै नगर्नुस्

काठमाडौं । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र आन्तरिक किचलो र असन्तुष्टि बढेको चर्चाबीच नेतृ तोसिमा कार्कीले मुख खोलेकी छिन् । पार्टीमा जिम्मेवारी बाँडफाँटपछि कार्की चिढिएको भन्दै विभिन्न सञ्चारमाध्यमले समाचारसमेत लेखेपछि उनले मुख खोलेकी हुन् ।

पार्टीको जलेश्वर बैठकले कार्यविभाजन गर्दा तोसिमालाई कुनै जिम्मेवारी दिएन । त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुकमा ‘विधिको शासन ?’ भन्दै स्टाटस लेखिन् । उनको स्टाटसलाई धेरैले पार्टीभित्रको असन्तुष्टिको रुपमा लिए । र त्यसकै आधारमा समाचारहरु बने ।

असन्तुष्टिबारे चर्चा चुलिँदा पनि उनी मौन बस्दा धेरैले ‘शंका पुष्टि भएको’ अर्थमा बुझे । यसैबीच सोमबार राति उनले अर्को एउटा स्टाटस लेखिन् । जसको अर्थ थियो– पार्टीभित्र असन्तुष्टि बढेको होइन, बेग्लै सन्दर्भमा लेखेको स्टाटसलाई बंग्याएर प्रचार गरियो ।

तोसिमाले लेखेको पछिल्लो स्टाटसको भाषा र शैली भने ठ्याक्कै पार्टी सभापति रवि लामिछानेको जस्तै भएको चर्चा भइरहेको छ । कतिले त ‘रविले नै लेखेर तोसिमालाई पोस्ट गर्न लगाएको’ शंकासमेत गरे ।

हेनुहोस्, तोसिमाले लेखेको स्टाटस जस्ताको तस्तै

के रे के रे ? फुट्ने रे ?
कल्पना पनि नगर्नुस्, हुँदैन । हामी त्यसो हुनै दिँदैनम्
साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने !!
चौरासी त हुन्छ हुन्छ! हुनैपर्छ्र जनताले देश भित्रै सम्भावना र समृद्दी देख्न पाउनै पर्छ्र साना दौडमा हिँड्या होईनौ, देश बनाउन हिँड्या हौँ,
देश बनाउन !! ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ । त्यसैले कोशिस नगर्नुस्, सक्नुहुन्न !! घण्टी त बज्छ बज्छ्र चौरासीमै बज्छ्र बरु आउनुस् तपाईहरु पनि यो महाअभियानमा नछुट्नुस् ।
विधीको शासन ? ए ए,
सबैले आ–आफ्नै व्याख्या प्रतिव्यख्या गर्नुभएछ !
विधीको शासन देशमै छैन हजुर ! सरकारमै छैन, स्वास्थ्य मन्त्रीको हर्कतमा छैन, न्यायलयमै छैन !! निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाँड्छौँ !


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved