भाजपा तीन राज्यमा विजयी हुँदा, कांग्रेसको एउटामा स्पष्ट बहुमत

प्रधानमन्त्री मोदीका लागि सुखद संकेत

नेपालभ्युज

काठमाडौं । भारतमा भएका ५ वटा विधानसभा निर्वाचनमध्ये तीनवटामा भारतीय जनता पार्टी भाजपा विजयी भएको छ । एउटामा कांग्रेस विजयी भएको छ भने मिजोरममा भने मतगणना भइरहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

मध्य प्रदेश, राजस्थान र छत्तीसगढमा भाजपाले जित निकाल्दा तेलंगनामा भने कांग्रेसले स्पष्ट बहुमत ल्याएको हो ।

मध्य प्रदेशमा कुल २३० सिटमध्ये भाजपाले १६२ सिट जितेको छ त्यहाँ कंग्रेस आईले ६५ सिट मात्र जितेको छ ।
राजस्थानमा कुल १९९ सिटमध्ये भाजपाले ११५ सिटमा जित हात पारेको छ । कंग्रेस आईले ६८ सिट जितेको छ ।
छत्तीसगढमा कुल ९० सिटमध्ये भाजपाले ५४ र कंग्रेस आईले ३५ सिट जितेको छ ।

तेलंगनामा कुल ११९ सिटमध्ये कंग्रेस आईले ६४, भारत राष्ट्र पार्टीले ३९ र भाजपाले आठ सिट जितेको छ ।
आगामी वर्ष हुने आमचुनावबाट लगातार तेस्रो पटक पनि सरकारको नेतृत्व गर्ने अभिलाषा बोकेका मोदीका लागि पछिल्लो मतपरिणाम सुखद बनेर आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved