माओवादी सचिव शाक्य भन्छन्- बाबुराम र विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको छ

नेपालभ्युज

माओवादी सचिव शाक्य भन्छन्- बाबुराम र विप्लवसँग पार्टी एकताका लागि छलफल भइरहेको छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले डा. बाबुराम भट्टराई र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीसँग एकताका लागि छलफल भइरहेको बताएका छन् ।

शुक्रबार दाङको देउखुरीमा प्रेस सेन्टर नेपाल, लुम्बिनी प्रदेश कमिटीको पूर्ण बैठकमा नेता शाक्यले कम्युनिष्टहरु बिचको पार्टी एकता अभियानमा आफ्नो पार्टी अगाडि बढेको बताउँदै यस्तो जानकारी दिएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘बाबुराम ज्यूसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको छ । विप्लवजीहरुसँग पनि एकताका लागि छलफल चलिरहेको छ । नेपालका कम्युनिष्टहरु बीच एकताको खाँचो छ ।’

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीबाहेकका नेताहरुले पनि कम्युनिष्टहरु बीच एकता गर्नुपर्ने जोड गरिरहेको बताए ।

शाक्य  तीन महिने विशेष रुपान्तरण अभियानका लागि लुम्बिनी प्रदेशका जिल्लाहरुमा खटिँदै आएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved