एनएसएल : धनगढीको लगातार दोस्रो जित, बुटवल पराजित

नेपालभ्युज

एनएसएल : धनगढीको लगातार दोस्रो जित, बुटवल पराजित

काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग फुटबलमा लगातार दोस्रो जित हासिल गरेको छ ।

दशरथ रंगशालामा बिहीबार बेलुकी सम्पन्न खेलमा धनगढीले बुटवललाई १–० गोलअन्तरले पराजित गरेको हो ।

धनगढीका लागी ओलावाले अफिजले इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटमा दुवै टोलीले बराबरी खेलेका थिए ।

यसअघि धनगढीले वीरगञ्ज युनाइटेड एफसीलाई २–१ ले पराजित गरेको थियो । धनगढी २ खेलमा ६ अंकसहित शीर्षस्थानमा उक्लिएको छ ।

धनगढीले अर्को खेल आगामी शनिबार ललितपुर सिटी एफसीसँग खेल्नेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved