बिहीबार सुनचाँदीको मूल्य स्थिर 

नेपालभ्युज

बिहीबार सुनचाँदीको मूल्य स्थिर 

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार र बुधबार लगातार उकालो लागेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य बिहीबार भने स्थिर छ ।

आज चौथो दिन सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ कायम  छ । यो मूल्य बुधबार कायम रेकर्डको स्थिर मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला १ हजार पाँच सय २० रुपैयाँमा किनबेच भएको चाँदीको आज पनि सोही मूल्य कायम छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved