इन्डोनेशिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

नेपालभ्युज

इन्डोनेशिया भ्रमणमा स्टिकर भिसा अनिवार्य

काठमाडौं। इन्डोनेशियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेशिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ ।

इन्डोनेशिया तथा नेपालका विभिन्न एजेन्सी मार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले बताएको छ ।

दूतावासले एक सर्कुलर जारी गर्दै भिषा सम्बन्धि सम्पूर्ण कार्य इन्डोनेशियाको काठमाडौँस्थित अवैतनिक वाणिज्य दूतको कार्यालयमार्फत गर्न सुझाव दिएको छ । ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्याकन गर्दै दूतावासले अब नेपालबाट इन्डोनेसिया प्रस्थान गर्दा ई–भिसाका लागि आवेदन नगर्न समेत आग्रह गरेको छ ।

नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराईभलका लागि पहल भई राखेको जनाउदै नेपाली नागरिकहरूको सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले विद्यमान प्रक्रियालाई थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जानकारी गराए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved