उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटिमण्डपमा अन्तराष्ट्रिय व्यापार मेला हुने

नेपालभ्युज

उद्योग वाणिज्य महासंघको आयोजनामा भृकुटिमण्डपमा अन्तराष्ट्रिय व्यापार मेला हुने

काठमाडौं । उद्योग वाणिज्य महासंघको आयोजनामा यही मंसिर १४ देखि नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । पाँच दिनसम्म चल्ने मेला भृकुटीमण्डपमा हुनेछ ।

महासंघले प्रत्येक वर्ष यस्तो मेला आयोजना गर्ने गरे पनि कोभिड- १९ महामारीपछि हुन सकेको थिएन । मेलाका लागि २१० वटामध्ये अधिकांश स्टल बुकिङ भैसकेको महासंघका अध्यक्ष चन्द्र ढकालले आज आयोजित पत्रकार सम्मेलनमा बताएका छन् ।

मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट सहभागिता रहने ढकालले बताए । मेलामा नेपाली युवा उद्यमी मन्चको मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक संघको तर्फबाट ४० वटा स्टल सहितको पेभेलियन रहने छ ।

मेलामा चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८-८ स्टल रहने छन् । स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनी गरिने मेलामा नेपाल सरकार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग रहनेछ । यस्तै व्यापार तथा निकासी प्रवर्द्धत केन्द्रको प्रवर्द्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रुपमा मेला आयोजना हुँदै आएको छ ।

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो । मेलाले नेपालको औद्योगिक व्यवसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ । मेलाका अवसरमा चीनको गान्छ प्रदेशबाट १२ जना व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यापारिक प्रतिनिधिमण्डल बीच छलफल कार्यक्रम समेत राखिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved