डिशहोमको सानदार १२ महिने योजना अफर सार्वजनिक

नेपालभ्युज

डिशहोमको सानदार १२ महिने योजना अफर सार्वजनिक

काठमाडौं । डिशहोम फाइबरनेट कम्पनीले हालसालै सार्वजनिक गरेको इन्टरनेटका विभिन्न वार्षिक योजनाहरूमा भारी छुट रहेको छ । यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएसको वार्षिक प्याकेज मात्र रु.६,६८५ (भ्याट बाहेक)मा जडान गर्न सक्नेछन् ।

साथै ग्राहकले वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी (डुअल ब्यान्ड) राउटर पनि सितैमा पाउने कम्पनीले जनाएको छ ।  यस अघि यही ५० एमबीपीएसको वार्षिक प्याकेजको मूल्य रु.७,७९९ पर्ने गर्दथ्यो ।

यो सानदार १२ महिने योजना अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमबीपीएस देखि ३ सय एमबीपीएस सम्मका प्याकेजहरू जडान गर्न सक्नेछन् ।

जसमा ग्राहकहरूले ५० एमबीपीएसदेखि २ सय ५० एमबीपीएस सम्मको वार्षिक प्याकेज जडान गर्दा फाईभ–जी राउटर पाउनेछन् भने ३ सय एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाइ–६ राउटर पाउनेछन् ।

यस अघि कम्पनीले जारी गरेको फेस्टिभ २४ महिने अफरलाई भने निरन्तरता दिने जनाएको छ । ५० एमबीपीएसको २४ महिने अफरको मूल्य रु १०,४९९ (भ्याट बाहेक)पर्ने रहेको छ ।

थप जानकारीको लागि आफू नजिकैको डिशहोम फाइबरनेट डिलर दाइ वा आज नै ०१–५९७०३६५ मा सिधै फोन गर्न सक्ने डिशहोम फाइबर नेटले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved