कमला नदीमा भूतमेला सुरु

नेपालभ्युज

कमला नदीमा भूतमेला सुरु

जनकपुरधाम । कमला नदीमा भूतमेला सुरु भएको छ । श्रद्धालु आ–आफना इष्ट देवताको नाम लिँदै धामीझाँक्री मिर्दङ (मादल),  झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा पुगेका छन्।

धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न पुग्नेको घुइँचो लाग्छ ।

मेलामा धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट पनि आउने गरेका छन् ।

यो मेला कात्तिक शुक्ल पूर्णिमाका अवसरमा कमला नदीमा हरेक वर्ष लाग्ने गर्छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved