प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा

नेपालभ्युज

प्रिमियर लिगमा आर्सनल शीर्ष स्थानमा

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुलले बराबरी खेलेका छन् ।

लिभरपुलले म्यानचेस्टर सिटीसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा अग्रता सिटीले २७ औं मिनेटमा एर्लिङ हालान्डको गोलबाट लिएको थियो ।

प्रिमियर लिगको इतिहासमा सबैभन्दा चाँडो ५० गोल पुरा गर्ने हालाण्ड पहिलो खेलाडी बनेका छन् ।

उनले ४८ खेलबाट यो इतिहास रचेका हुन् । खेल सकिन १० मिनेट अघि अलेक्जेन्डर अर्नोल्डले गोल गर्दै लिभरपुललाई अंक दिलाउन सफल रहे ।

मोहमद सलाहको पासलाई सदुपयोग गर्दै अर्नोल्डले गोल गरेका हुन् ।

लिग तालिकाको शीर्ष स्थानमा रहेका दुवै टिमबीचको नतिजाले आर्सनल र टोटेनहमलाई फाइदा पुगेको छ । यद्धपी सिटी २९ अंक सहित शीर्ष स्थानमा र लिभरपुल २८ अंक सहित दोस्रो स्थानमा छ ।

आर्सनल २८ अंक सहित गोल अन्तरका आधारमा तेस्रो र टोटेनहम २६ अंक सहित चौथों स्थानमा छ ।

ब्रेन्टफोर्डलाई हराउँदै आर्सनल इंग्लीश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति ब्रेन्टफोर्डको मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन जर्मन खेलाडी काई हाभर्ट्जले ८९ औं मिनेटमा निर्णयक गोल गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved