मुगुमा जीप दुर्घटना हुँदा आठजना घाइते

नेपालभ्युज

मुगुमा जीप दुर्घटना हुँदा आठजना घाइते

सुर्खेत । मुगुमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । शुक्रबार बिहान सोरु गाउँपालिका–६ सोरुकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको लु १ ज ४८१० नम्बरको जीप सोरु गाँउपालिका–८ कच्चेमा दुर्घटना भएको हो ।

घाइतेमध्ये चालकको टाउकोमा चोट लागेकाले गम्भीर अवस्था रहेको र अन्य ७ जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएकाे छ ।

घाइतेहरुको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मुगु प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved