बिग बोस १७ मा ‘ओरी’को हुँदैछ प्रवेश

नेपालभ्युज

बिग बोस १७ मा ‘ओरी’को हुँदैछ प्रवेश

एजेन्सी । विवादास्पद रियालिटी शो बिग बोस १७ सुरु भएको पनि एक महिना बितिसकेको छ । यस एक महिनामा दुई जना सहभागीको वाइल्ड कार्ड एन्ट्री भयो जसमध्ये मनस्वी ममगई एक हप्तामै बाहिरिए ।

वाइल्ड कार्डबाट प्रतियोगी भित्रिँदा घरको माहोलमा हलचल हुन्छ । त्यहीँ अब एक जना अर्का प्रतियोगीको घरमा प्रवेश हुँदैछ ।

इन्टरनेटमा नीसा देवगन तथा जान्ह्वी कपुर जस्ता स्टार किड्ससँग एक जना व्यक्ति प्रायः देखिने गर्छन् । जसको नाम हो ओरहान आवात्रमणि उर्फ ओरी को । चाहे जो कोही कलाकार वा सेलिब्रेटीको पार्टी होस् उनी पुगेकै हुन्छन् ।

खबर आएको छ कि उनी बिग बोस १७ मा वाइल्ड कार्ड प्रतियोगी हुन सक्छन् । बिग बोससम्बन्धी हरेक खबर राख्ने एक फ्यानपेजका अनुसार बिग बोसमा ओरीको प्रवेश पुष्टि भइसकेको छ ।

उनी प्रतियोगी भएर आउँछन् वा मात्र पाहुनाको रुपमा शोमा देखिनेछन् भन्ने स्पष्ट भइसकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved