प्रदर्शन गर्न तीनकुने हिँडेका प्रसाईंका दर्जनौं समर्थक बाटोबाटै पक्राउ (तस्वीरहरू)

खासगरी तीनकुने आसपासमा ‘शंकास्पद गतिविधि’ गरिरहेका प्रसाईंका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रदर्शन गर्न तीनकुने हिँडेका प्रसाईंका दर्जनौं समर्थक बाटोबाटै पक्राउ (तस्वीरहरू)

काठमाडौं । तीनकुनेमा प्रदर्शनका लागि हिँडेका दुर्गा प्रसाईं समर्थकहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । खासगरी तीनकुने आसपासमा ‘शंकास्पद गतिविधि’ गरिरहेका प्रसाईंका समर्थकहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दर्जनौंको संख्यामा शंकास्पदहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरीले पक्राउ परेकाहरुलाई तीनकुने र गौशालाको प्रहरी चाैकीमा राखेको छ ।

त्यस्तै आज पनि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । राजधानीको प्रमुख चोकहरुमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शक्तिशाली प्रदर्शन हुने संकेत पाएपछि प्रहरीले दुर्गा प्रसाईंलाई घरबाटै निस्कन नदिने योजनासमेत बनाएको उनका एक समर्थकले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved