प्राप्त व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरु सचेत हुनुपर्छः नेता सिंह

नेपालभ्युज

प्राप्त व्यवस्थालाई संस्थागत गर्न राजनीतिक दलहरु सचेत हुनुपर्छः नेता सिंह
फाइल तस्वीर

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको व्यवस्थालाई संस्थागत गर्न सबै राजनीतिक दलहरु सचेत हुन आवश्यक रहेको बताएका  छन् ।

बुधवार शंखधर साख्वा दिवस विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिंहले यस्तो बताएका हुन् । उनले सबै मिलेर अधिकार प्राप्तिको लागि आन्दोलनबाट ल्याएको व्यवस्थालाई सुरक्षित गर्न सबै एक ठाउँमा आउनुपर्ने बताए ।

नेता सिंहले २०१७ सालमा गुमेको अधिकार प्राप्त गर्न ३० वर्ष लामो संघर्ष गर्नुपरेको विषयलाई सबै राजनीतिक दलहरुले बिर्षन नहुने बताए । उनले २०४६ सालमा गणेशमान सिंहको नेतृत्वमा सबै राजनीतिक पार्टीहरुको कार्यगत एकताको आधारमा आन्दोलन गरी गुमेको अधिकार प्राप्त गरेको सम्झना सबैलाई रहेको उल्लेख गरे । उनले कसैले कुनै ठाउँबाट कुनै आवाज निकाल्यो भन्दैमा डराउन नहुने बताए ।

उनले २०६३ को जनआन्दोलनपछि दुई वटा संविधान सभाको निर्वाचन गरेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतान्त्रात्मक समावेशी संविधानलाई सुरक्षित राख्दै संविधानको भावना र मर्मलाई कार्यान्वयन गर्न सरकारले आवश्यक संघीय कानूनहरु निर्माण गरेर अधिकार दिलाउने काम गर्नुपर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved