अर्थतन्त्र सुधारको उपाय खोज्न सिंहदरबारमा बैठक बस्दै, प्रधानमन्त्रीले बोलाए सरोकारवाला

नेपालभ्युज

अर्थतन्त्र सुधारको उपाय खोज्न सिंहदरबारमा बैठक बस्दै, प्रधानमन्त्रीले बोलाए सरोकारवाला
फाइल फोटो

काठमाडौं । अर्थतन्त्र सुधारको उपाय खोज्न आज सिंहदरबारमा बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो ४ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्रतिनिधिहरू सहभागी हुनेछन् ।

बैठकमा अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा छलफल हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved