‘टाइगर थ्री’ले कमायो रिलिज भएको एक हप्तामै ३ सय १७ करोड 

नेपालभ्युज

‘टाइगर थ्री’ले कमायो रिलिज भएको एक हप्तामै ३ सय १७ करोड 

काठमाडौं । हिन्दी थ्रिलर फिल्म ‘टाइगर थ्री’ले रिलिज भएको एक हप्तामै ३ सय १७ करोड बढी कमाउन सफल भएको छ ।

भारतीय चर्चित निर्देशक मनीष शर्मा र यशराज फिल्म अन्तर्गत आदित्य चोपडाद्वारा निर्मित उक्त फिल्म ३०० करोडको अनुमानित बजेटमा बनाइएको थियो ।

जसले गर्दा यो यशराज फिल्म्सको अहिलेसम्मकै महँगो प्रोजेक्ट बनेको थियो । टाइगर थ्री नोभेम्बर १२, २०२३ मा विश्वव्यापी रूपमा रिलिज भएको थियो ।
मानक, आइम्याक्स, फोडिएक्स र अन्य प्रिमियम ढाचाँहरुमा रिलिज भएको थियो ।

जसमा सलमान खान (टाइगर), कट्रिना कैफ (जोया) र इमरान हसमी (आतिस रहमान) को मुख्य भूमिका छ ।

दिवालीमा रिलिज भएका कारण यसको उत्कृष्ट ओपेनिङ कलेक्सन भए पनि विश्वकप सेमिफाइनलका कारण रिलिज भएको ३ दिन र ५ दिनमा गिरावट आएको थियो ।

रिपोर्टका अनुसार बलिउडका सबैभन्दा धेरै पारिश्रमीक लिने अभिनेता मध्येका एक सलमान खानले यो फिल्मका लागी १०० करोड बढी लिएका छन् ।
कट्रिना कैफले १० करोड र इमरान हासमीले ८ करोड लिएका छन् । यो फिल्म ८९ प्रतिशत मानिसले मन पराएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved