काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै टिकटक चलिरहे खबर गर्न अनुरोध गरेको छ ।
एक सूचना जारी गर्दै प्राधिकरणले यस्तो बताएको हो ।
सरकारले सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटक बन्द गरेको छ । सोही निर्देशन अनुसार सबै इन्टरनेट सेवा प्रदायकले बन्द गराएका छन् ।
तर, कसैले बन्द नगरेको भए खबर गर्न नेपाल दूरसञ्चार प्राधिकरणले आग्रह गरेको हो ।
’’प्राधिकरणको निर्देशनको कार्यान्वयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कबाट अझै पनि टिकटकमा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भइरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनीको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ,’’ सूचनामा भनिएको छ ।
Facebook Comment
Comment