बेहुलीझैँ सिंगारियो जनकपुरधामको छठ घाट (तस्वीरहरु)

जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।

बेहुलीझैँ सिंगारियो जनकपुरधामको छठ घाट (तस्वीरहरु)

जनकपुरधाम । छठ पर्वको लागि बेहुलीझैँ सिंगारिएपछि जगमगाउँदो बनेको छ जनकपुरधाम । अहिले साँझ जनकपुरधामको छठ घाटहरु छठ पूजाको लागि झकिझकाउ बनाइएको छ ।

जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।

आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ । स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।

आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved