चीनको शान्सी प्रान्तको आगलागीमा २६ जनाको मृत्यु

नेपालभ्युज

चीनको शान्सी प्रान्तको आगलागीमा २६ जनाको मृत्यु
तस्वीर स्रोत : बीबीसी

काठमाडौं। चीनको उत्तरी क्षेत्रमा आगलागीमा परी २६ जनाको मृत्यु भएको छ।

बिहीबार चीनको शान्सी प्रान्तस्थित लुलियाङ सिटी ४ तले भवनमा आगलागी भएको हो।

आगो नियन्त्रणमा आएको चीनका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। दर्जनौँ मानिसलाई योगङ्जु कोइला उद्योग संयुक्त भवनमार्फत उद्दार गरिएको छ। ६३ जनालाई अस्पताल लगिएको बीबीसीले जनाएको छ।

अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख उद्योगमा भएको खतराको छानबिन हुने बताए। उनले अधिकारीहरुलाई मानिसको जीवनको रक्षा गर्न पनि निर्देशन दिए।

चीनको शान्सी प्रान्त अत्याधिक कोइला उत्पादन हुने क्षेत्र हो। सुरक्षा मापदण्डको ढिलो कार्यान्वयन हुँदा यस्ता घटना दोहोरिने गरेका छन्।

गत अप्रिलमा एक अस्पतालमा लागेको आगोका कारण २९ जनाको ज्यान गएको थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved