काठमाडौंको नदी किनार र पोखरीमा छठ पर्वको तयारी, रानीपोखरीमा महानगरले नदिने

नेपालभ्युज

काठमाडौंको नदी किनार र पोखरीमा छठ पर्वको तयारी, रानीपोखरीमा महानगरले नदिने

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्व मनाउने तयारी सुरु भएको छ ।

तराइमा मात्र नभई काठमाडौं उपत्यकाका नदी किनार र पोखरीमा छठको लागी घाट बनाएर छठ पर्वको तयारी गरिएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी छठ पर्वको तयारी सुरु भएको छ ।

गुह्येश्वरी छठ पूजा समितिले नदीको वरिपरि रहेको फोहर सफा गर्ने, मण्डप बनाउनका लागी बाँस गाड्ने, घाट सजावट लगायत काम सुरु गरेको छ ।

त्यस्तै करिब ९ वर्षदेखि कमलपोखरीमा पनि छठको पूजा गर्ने गरिन्छ । कमलपोखरीमा स्थानीयकै पहलमा हरेक वर्ष छठको धूमधामले पूजा गरिँदै आएको व्यवस्थापन समितिले जनाएको छ ।

तर, काठमाडौं महानगरपालिकाले यसपटक पनि रानीपोखरीमा छठ पर्व मनाउन नदिने भएको छ । अघिल्ला वर्षहरूमा झैँ बुधबार भाइटिकाका लागि भने रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर खुला भयो ।

तर, रानीपोखरीमा छठ मनाउने अनुमति माग्न गएकाहरूको आग्रहलाई महानगरले अस्वीकार गर्दै फिर्ता पठाइ दिएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved