दिपावलीमा ‘पटाका’ को घोर विरोध गर्छन् बलिउडका यी कलाकार

नेपालभ्युज

दिपावलीमा ‘पटाका’ को घोर विरोध गर्छन् बलिउडका यी कलाकार

एजेन्सी । त्यस्तो त दिपावलीमा रंग, बत्ती सहित पटाकाहरु पड्काउने चलन पनि छ । बच्चादेखि युवासम्मले पटाका पड्काएर रमाइलो गर्ने गर्छन् ।

तर केही बलिउड कलाकार छन् जसले पटाका पड्काउने संस्कृति वा रितीलाई कत्ति पनि मन पराउँदैनन् । उनीहरु यस्तो कार्यको विरोध गर्छन् ।

आलिया भट्टले दिपावलीको अवसरमा पटाका पड्काउन कत्ति पनि मन पराउँदिनन् । उनले यस्तो नगर्न अरुलाई पनि सुझाव दिने गर्छिन् ।

त्यस्तै अभिनेत्री दिशा पटानीले पनि आम मानिसलाई दिपावलीको अवसरमा पटाका नपड्काउन आग्रह समेत गरिसकेकी छन् ।

अभिनेत्री प्रियंका चोपडा दमको विरामी समेत भइसकेकी छन् । उनले पनि दिपावलीमा पटाका पड्काउने चलनको एकदमै विरोध गर्छिन् ।

त्यस्तै श्रद्धा कपूर, अनन्या पान्डे, अनुष्का शर्मा जस्ता अभिनेत्री पनि पटाकाको विरोध गर्छन् । अनुष्का शर्माले पटाका पड्काउनेहरुको विरोधमा धेरैपटक प्रतिक्रिया समेत दिइसकेकी छन् ।

अभिनेत्री नेहा धुपियाले पटाका विरुद्धको क्याम्पेन समेत गरिसकेकी छन् भने दीया मिर्जाले पनि वातावरण प्रदुषण रहित दिपावली मनाउन मन पराउँछिन् ।

त्यस्तै चर्चित अभिनेता रणवीर सिंहले एक अन्तरवार्ताका क्रममा खुलासा गरिसकेका छन्, उनलाई दिपावलीमा पटाका पड्काएको मन पर्दैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved