‘प्रचण्डको प्रधानमन्त्रीत्वकालमै सङ्क्रमणकालीन न्याय टुङ्गिन्छ’

नेपालभ्युज

‘प्रचण्डको प्रधानमन्त्रीत्वकालमै सङ्क्रमणकालीन न्याय टुङ्गिन्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले सङ्क्रमणकालीन न्यायको मुद्दा चाँडै टुङ्गिने बताएका छन् । बुधबार ‘भ्यूजटक’मा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै प्रधानमन्त्रीत्वकालमा सङ्क्रमणकालीन न्यायको मुद्दा टुङ्गिने उनले बताए । “अन्तर्राष्ट्रिय समुदाय पनि ‘कन्भिन्स्’ देखिन्छ । आन्तरिकरूपमा हेर्दा राजनीतिक दलहरू सहमतिकै बिन्दुमा छन् । सरकार पनि यो टुङ्ग्याउनैपर्छ भनेर लागेको छ,” उनले भने, “यो प्रचण्डकै प्रधानमन्त्रीत्वकालमा टुङ्गिन्छ ।”

संसद्‌को अर्को अधिवेशन सुरू हुनेबित्तिकै टीआरसीमा सहमति जुट्ने र संसद्‌बाट पारित हुने उनको विश्वास छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved