वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छः अध्यक्ष नेपाल

नेपालभ्युज

वर्तमान राजनीतिक व्यवस्था जोगाउन एकता र सहकार्यको आवश्यकता छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान राजनीतिक व्यवस्था जोगाउनका लागि पार्टीहरुका बिचमा एकता र आपसी सहकार्यको आवश्यकता रहेको बताएका  छन्  ।

मंगलवार सर्वदलीय बैठकमा सहभागी भएर निस्किने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले वर्तमान राजनीतिक व्यवस्थालाई जोगाउनका लागि पार्टीहरुका बीचमा आपसी सहकार्य र एकता आवश्यक रहेको बताएका हुन् ।

उनले जनजीविकाको सवालमा पार्टीहरुले देश र जनताको हितलाई सर्वोपरी राखेर अगाडी बढ्नुपर्ने बताए । उनेले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तनको आवश्यक नभएको पनि बताए ।  उनले वर्तमान व्यवस्थामा सुधारको भने खाँचो रहेको औँल्याए ।

उनले भने, ‘त्यतिखेर हामीले जुन मान्यता अगाडी सारेका थियौँ, त्यो मान्यता अनुरुप अगाडी बढ्यौँ । जनताको सहयोग, समर्थन, अनुमोदन पनि रह्यो । संविधान निर्माण गर्‍यौँ । व्यवस्थालाई परिवर्तन गर्‍यौँ । गणतन्त्र ल्यायौँ । संघीयताको स्थापना गर्‍यौँ ।’

उनले देशमा भ्रष्टाचार, विकृति र विसंगतिहरुको अन्त्य गर्दै जनताको अवस्थामा पनि आमुल परिवर्तन गर्नुपर्ने बताए । उनले शान्ति प्रक्रियालाई छिट्टै निष्कर्षमा पुर्‍याउनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved