रिगल प्रकरणबारे विश्वप्रकाश- प्रधानमन्त्रीले राजीनामा गर्नुपर्थ्यो

नेपालभ्युज

रिगल प्रकरणबारे विश्वप्रकाश- प्रधानमन्त्रीले राजीनामा गर्नुपर्थ्यो

काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रिगल भनिने योगराज ढकाल प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा दिनुपर्ने बताएका छन् ।

न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्ने क्रममा उनले प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै यस्तो बताएका हुन् । “प्रधानमन्त्रीले यसमा नैतिक जिम्मेवारी आफू वा अरु कसैले लिनुपर्दैन ? बोल्नुपर्दैन ? राष्ट्रपतिको टेबुलमा पुग्दैगर्दा राष्ट्रपतिको टेबुलमा पनि राष्ट्रपतिको कार्यालयमा रहेको टिमले पनि कस्तो सिफारिसको कुरा आएको छ भनेर हेर्नुपर्दैन । कसै न कसैले कि जिम्मेवारी लिएर राजीनामा गरेर आउनुपर्दथ्यो,” महामन्त्री शर्माले भने ।

उक्त प्रकरणमा सर्वोच्च अदालतले बसाएको नजिरले बेथितिमा लगाम लाग्ने विश्वास महामन्त्री शर्माको छ ।

ज्यानकेसमा जेलजीवन बिताइरहेका रिगललाई संविधान दिवसको अवसर पारेर सरकारले आममाफी दिएको थियो । सर्वोच्च अदालतले रिगललाई थप कैद भुक्तान गर्नुपर्ने फैसला सुनाएपछि उनी जेलचलान भइसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved