नयाँ दिल्लीमा एक साता निजी सवारीसाधन चलाउन रोक लगाइने

नेपालभ्युज

नयाँ दिल्लीमा एक साता निजी सवारीसाधन चलाउन रोक लगाइने

एजेन्सी। दीपावलीका बेला वायु प्रदूषण अझै बढ्ने आकलन गर्दै नयाँ दिल्लीमा एक साताका लागि निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने घोषणा गरिएको छ।

राजधानीमा सवारी आवागमनमा रोक लगाइएको यो पहिलो पटक भने होइन। यसअघि सन् २०१६, २०१७ र २०१९ मा यस्तो रोक लगाइएको थियो।

विषाक्त धुवाँबाट राजधानीवासीलाई राहत दिने उद्देश्यले नयाँ दिल्लीमा फेरि एक साताका लागि निजी सवारीसाधन चलाउन रोक लगाइने अधिकारीहरूले सोमबार घोषणा गरेका छन्।

तीन करोड जनसंख्या रहेको दिल्लीलाई प्रत्येक वर्ष हिउँदयामको शुरूमा विषाक्त धुवाँले ढाक्दछ।
छिमेकी कृषि प्रधान राज्यहरूमा किसानले पराल जलाएका कारण दिल्लीलाई धुवाँले ढाकेको हो। नयाँ दिल्लीलाई संसारको सबैभन्दा धेरै प्रदूषित शहरमध्ये एक मानिन्छ। यहाँको वार्षिक धुवाँ प्रत्येक वर्ष सयौँ\हजारौँ मानिसको अकाल मृत्युको कारण बन्ने गर्छ।

अहिलेसम्म सरकारको नेतृत्वमा गरिएका प्रयासले वायु गुणस्तरको समस्यालाई सम्बोधन गर्न सकेको छैन। सन् २०१७ को एक अमेरिकी अध्ययनअनुसार भारतमा प्रत्येक वर्ष १० लाख मानिसको अकालमा मृत्यु हुने गरेको छ।

दिल्लीका पर्यावरणमन्त्री गोपाल रायले सडक–रासन योजना दीपावलीको एक दिन पछि आगामी सोमबार एक साताका लागि ल्याइने जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved