सिटी एक्सप्रेसले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

नेपालभ्युज

सिटी एक्सप्रेसले भूकम्पपीडितलाई २५ लाख सहयोग गर्ने

काठमाडौं ।  सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित तथा प्रभावित भएकाहरूका लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

‘भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो,’ सिटी एक्सप्रेसद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभकाे कामनासमेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved