पक्राउ गर्ने चेतावनी दिएपछि दुर्गा प्रसाईँ आफैँ पुगे प्रहरीमा

सामाजिक सञ्जालमा चर्चाको लागि उनी विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। सोही क्रममा प्रसाईँले विभिन्न व्यक्तिका बारेमा मनलाग्दी बोल्दै आएका थिए।

नेपालभ्युज

पक्राउ गर्ने चेतावनी दिएपछि दुर्गा प्रसाईँ आफैँ पुगे प्रहरीमा

काठमाडौं। चरित्रहत्या गरेको उजुरी परेपछि ‘भाइरल म्यान’ दुर्गा प्रसाईँ प्रहरी कार्यालयमा उपस्थित भएर बयान दिएका छन्। मेडिकल व्यवसायी समेत रहेका उनी आइतबार दिउँसो नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका हुन्।

सामाजिक सञ्जालमा चर्चाको लागि उनी विवादास्पद अभिव्यक्ति दिँदै आएका छन्। सोही क्रममा प्रसाईँले विभिन्न व्यक्तिका बारेमा मनलाग्दी बोल्दै आएका थिए।

पीडितहरूले उजुरी गरेपछि साइबर ब्युरोले दुर्गा प्रसाईँलाई बोलाएको थियो। तर, उनी जान नमानेपछि पक्राउ गरेर ल्याउने प्रहरीले चेतावनी दिएको थियो।

बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईँ आफैँ प्रहरी कार्यालयमा पुगेका प्रहरीका एक अधिकारीले बताए।

ती अधिकारीले भने, ‘‘प्रसाईँले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ। बोलाउँदा नआएपछि पक्राउको तयारी थियो। उहाँ आफैँ आएर बयान दिनुभएको छ। अनुसन्धान भइरहेको छ।’’ प्रहरीले उनलाई एकडेढ घण्टा सोधपुछ गरेर पठाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved